Sima Post
No Result
View All Result
Sima Post
No Result
View All Result

भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ : राजेन्द्र महतो

न्युजडेस्क न्युजडेस्क
३१ जेष्ठ २०७७, शनिबार
भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ : राजेन्द्र महतो
7
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।

“अहिलेको संविधानबारे हाम्रो असहमति कायमै छ । यो संविधान सबै वर्ग र समुदायको हुन सकेको छैन तर भूगोलको रक्षाका सन्दर्भमा हामी एक ठाउँमा छौँ । अबका दिनमा विगतमा हामीसँग भएका सम्झौताअनुसार संविधान संशोधनका प्रस्ताव आएको भएको राम्रो हुन्थ्यो ।” उहाँले भन्नुभयो, “यो नक्शा जारी गरेर मात्रै हुँदैन । कूटनीतिक वार्ता गरेर हाम्रो भूमि फिर्ता ल्याउनुपर्छ । राष्ट्रियता कुनै जात र वर्गको हुन सक्दैन । एकलौटी राष्ट्रियता पङ्गु राष्ट्रियता हो । अब हामी भूमि र जनताको पहिचानसहितको राष्ट्रियताको नयाँ परिभाषामा जाऔँ ।” उहाँले जनताले गरेको आन्दोलनको सम्मान गर्दै संविधानको रक्षाका लागि यसमा समयानुकूल संशोधन आवश्यक हुने विचार राख्नुभयो । नेता महतोले आफूहरुका असन्तुष्टिका बीच देशको सवालमा एक ठाउँमा उभिनुपर्ने भएकाले नक्शा संशोधनको विधेयकलाई सहर्ष समर्थनको घोषणा गर्नुभयो ।

उहाँले नेपाली सीमाको रक्षाका लागि प्रत्येक मधेसी जनता नै सेना बनेर लडिरहेको बताउँदै देशमा राष्ट्रघातीहरुको पनि खोजी हुनुपर्ने तर्क गर्दै प्रश्न गर्नुभयो, “अन्ठाउन्न वर्ष पहिले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको नक्शामा कायम रहेको थियो । त्यसलाई कसले हटायो ? त्यसबारे खोजबिन र श्वेतपत्र जारी गरी राष्ट्रघातीलाई पर्दाफास गरी कारबाही गर्नु पर्दैन ? अनि मधेसी, आदिवासी र दलितले राष्ट्रियताका विषयमा कति पटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?” सङ्घीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई हालै जनसमाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

३१ जेष्ठ २०७७, शनिबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

३१ जेष्ठ २०७७, शनिबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

३१ जेष्ठ २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

३१ जेष्ठ २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

३१ जेष्ठ २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

३१ जेष्ठ २०७७, शनिबार
Next Post
संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छ : सभापति देउवा

संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छ : सभापति देउवा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result