काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ७४ लाख नाघेको छ । मृतक संख्या ४ लाख १८ हजार कटेको छ ।वल्डोमिटरका अनुसार संक्रमित संख्या ७४ लाख ४६ हजार पुगेको छ । मृतक संख्या ४ लाख १८ हजार एक सय ३७ पुगेको छ । ३७ लाख २५ हजार मानिस निको भएका छन् ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा २० लाख ६६ हजार संक्रमितमध्ये १ लाख १५ हजारको निधन भएको छ ।ब्राजिलमा ७ लाख ७५ हजार कोरोना संक्रमितमध्ये ३९ हजारको मृत्यु भइसकेको छ ।
रुसमा ४ लाख ९३ हजार, बेलायतमा २ लाख ९० हजार, स्पेनमा २ लाख ८९ हजार र भारतमा २ लाख ८७ हजार संक्रमित संख्या पुगेको छ ।विश्वभर कोरोना संक्रमण बढेपनि धेरैजसो देशहरुले लकडाउन खुकुलो बनाउँदै लगेका छन् ।