Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

वैकल्पिक माध्यमबाट पठनपाठन गराउँदै कामपा

न्युजडेस्क न्युजडेस्क
२८ जेष्ठ २०७७, बुधबार
42
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : लकडाउनको समयमा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई घरबाटै पठनपाठन गराउन काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम शुरु गरेको छ । कामपाले मेट्रो एफएममार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा कार्यक्रम शुरु गरेको हो ।

कामपाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यले मेट्रो एफएम ९४ विन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । “मुलुकमा जारी लकडाउनका कारण नियमित पठनपाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थीलाई वैकल्पिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कामपाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा शुरु गरेको हो”, प्रमुख शाक्यले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमण र रोकथाम नियन्त्रणका लागि जारी लकडाउनका कारण विद्यालयमा शैक्षिक कार्यक्रम अहिले बन्द रहेकाले वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको हो ।

प्रमुख शाक्यले लडकडाउनका कारण शिक्षक, विद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उहाँहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिविधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुनसक्ने बताउनुभयो । कामपाले आजबाट शुरु गरेको रेडियो शिक्षामार्फत महानगरपालिकाभित्रका ९१ सामुदायिक विद्यालय, तीन विशेष विद्यालय र ६४३ संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी यो शिक्षाबाट प्रत्यक्ष–अप्रत्यक्षरूपमा लाभान्वित हुने बताउनुभयो ।

मेट्रो एफएम ९४ विन्दु ६ मेगाहर्जको पहुँच रहेका छेउछाउका नगरपालिका र जिल्लाका विद्यार्थी पनि यो शिक्षाबाट लाभान्वित हुनेछन् । रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ । कामपा शिक्षा विभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अङ्ग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसङ्ख्या र वातावरण, पेशा व्यवसाय र प्रविधि विषय समावेश गरिएका छन् । यसैगरी कक्षा १ को एकीकृत पाठ्यक्रमअनुसारका नेपाली, अङ्ग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश छन् ।

नियमितरूपमा तत्काल विद्यालय सञ्चालन गर्न नसकिने भए पनि शिक्षा मन्त्रालयले सबै स्थानीय र प्रदेश सरकारलाई पनि वैकल्पिक माध्यमबाट पठनपाठन गराउन गरेको आग्रहअनुरुप कामपाले कक्षा शुरु गरेको हो । यी कक्षा शनिबारबाहेक हरेक दिन बिहान ९ देखि साँझ ६ बजेसम्म सुन्न सकिनेछ । नियमितरूपमा विद्यालय सञ्चालन नभएसम्म यस कक्षा सञ्चालन गरिने छ ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

२८ जेष्ठ २०७७, बुधबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

२८ जेष्ठ २०७७, बुधबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

२८ जेष्ठ २०७७, बुधबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

२८ जेष्ठ २०७७, बुधबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

२८ जेष्ठ २०७७, बुधबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

२८ जेष्ठ २०७७, बुधबार
Next Post

थप २७९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

2 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

4 weeks अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी