Warning: Trying to access array offset on value of type bool in /home/simapost/public_html/wp-content/themes/simapost/functions.php on line 190

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ७४ जना कोरोना भाइरसको संक्रमण भएको छ । सात महिला र १ सय ६७ जना पुरुष गरी कुल १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रलयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

सचिव घिमिरेको अनुसार सोमबार सर्लाहीमा अहिले सम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ सय २३ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

कुन जिल्लामा कति संक्रमित
सबैभन्दा बढी सर्लाही जिल्लामा १ सय २० जनामा सोमवार कोरोना पुष्टि भएको छ । त्यसैगरी सप्तरी १६ जना, महोत्तरी १२ जना, रौतहट ११ जना, बारा ७ र पर्सा जिल्लामा ८ जनामा गरी कूल १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव घिमिरेले बताए ।

कहाँ-कहाँ थपिए संक्रमित
सप्तरीको बलान विहुल गाउँपालिका ३ स्थित क्वारेन्टाइनमा ३७ वर्षीय महिला एक, १२ र १८ वर्षीय किशोर २ जना, १९ देखि ४० वर्षका १२ जना र अर्का ४५ वर्षका पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको औरही नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ देखि ४० वर्षका ७ जना र सोही क्वारेन्टाइनमा रहेका ४० देखि ६० वर्षका २ जना गरी ९ जना पुरुषमा कोरोना संक्रमण भेटिएको छ । महोत्तरीकै जलेश्वर नगरपालिकाको क्वारेन्टाइनमा १८, १९ र ४० वर्षका गरी ३ जनामा कोरोना भेटिएको छ ।

सर्लाहीको विष्णु गाउँपालिकको क्वारेन्टाइनमा १ देखि १८ वर्षका ४ जना, १९ देखि ४० वर्षका ३० जना र ४५ वर्षीय पुरुषमा गरी ३५ जनामा कोरोना भेटिएको छ । त्यसैगरी सर्लाहीकै बह्रमपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३८ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै चक्रघट्टा गाउँपालिकामा रहेको क्वारेन्टिनमा १५ जना पुरुष, बलरा नगरपालिकामा रहेका ८ जना र ईश्वरपुर नगरपालिकाको स्थानीय क्वारेन्टिमा रहेका १८ जना र रामनगर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको सचिव घिमिरेले बताए ।
रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, परवा नगरपालिकामा ५ जना, गौर नगरपालिकामा १ जना, गढीमाई नगरपालिकामा गरी ४ जनामा कोरोना संक्रमण भएको छ ।

त्यसैगरी बाराको सुवणर् गाउँपालिकामा ३ वर्षीया बालिका र २८ वर्षीया महिला सहित ४ जनामा, पचरौता नगरपालिकामा ३ जनामा कोरोना भेटिएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीया महिला र ५५ वर्षीय पुरुष सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्वन्धित समाचार :