Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सुदूरपश्चिममा कोरोना परीक्षणमा ढिलाइ

न्युजडेस्क न्युजडेस्क
२५ जेष्ठ २०७७, आईतवार
37
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

भीमदत्तनगर : प्रयोगशालाको कमी तथा आवश्यक जनशक्ति अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाइ हुन थालेको छ । पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन धेरै भएकाले पाँच दिनका लागि नमूना सङ्कलन स्थगन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले तीन दिनपछि स्वाब सङ्कलन पुनः शुरु गरिने जानकारी दिनुभयो । “हामीसित अझै एक १६० स्वाब परीक्षण गर्न बाँकी छ ।” निर्देशक डा अवस्थीले भन्नुभयो, “स्वाब स्टोर गर्ने क्षमता कम भएकाले केही समय नमूना सङ्कलन स्थगन गरेका हौँ ।”

उहाँले सुर्खेत र काठमाडौँ प्रयोगशालामा स्वाब पठाएर परीक्षण गर्न पहल गरे पनि सबैतिर चाप रहकाले नसकिएको बताउनुभयो । “सबैतिर ल्याबहरुमा परीक्षणका लागि चाप छ”, उहाँले भन्नुभयो, “यहाँ हामी दैनिक २५० भन्दा बढी परीक्षण गर्न सक्दैनौँ ।” प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र बैतडीमा पिसीआर विधिबाट कोरोना परीक्षणका लागि प्रयोगशालाको स्थापनाको प्रक्रिया अघि बढे पनि सुस्त गतिमा छ । “सेतीमा प्रयोगशाला स्थापना भए हामीसित जनशक्ति खटाउन सकिने अवस्था भए पनि पहाडका दुई प्रयोगशालाका लागि जनशक्ति एक जना पनि छैन ।

” अवस्थीले भन्नुभयो, “आगामी असार १५ गतेभित्र पिसीआर मेसिन यहाँ आइपुग्छ ।” धनगढीमा केन्द्रबाट पठाएको प्रयोगशाला सञ्चालनमा आउनुअघि यहाँ सङ्कलन गरिएका स्वाब सुर्खेत र काठमाडौँ प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको थियो । भारतका विभिन्न स्थानबाट स्वदेश फर्किने क्रम बढेसँगै कोरोनाको सङ्क्रमण फैलिने सम्भावना बढिरहेको छ ।

शनिबार साझँसम्म सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका क्वारेन्टिनमा ६२ हजार ५२७ जना बसिरहेका छन् । एक सय सात कोरोना सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेशका आइसोलेसन वार्डहरु सङ्क्रमित बिरामीले भरिएका छन् । आइसोलेसन वार्ड बढी रहेका कैलाली र कञ्चनपुरमा पनि सङ्क्रमितको चाप बढेपछि स्थानीय प्रशासनले आइसोलेसन वार्ड थप्ने गृहकार्य गरिरहेका छन् ।

यहाँका एक हजार ६०० भन्दा बढी स्थानमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको भएपनि व्यवस्थापन नहुँदा समस्या भइरहेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पतालमा १८ जना सङ्क्रमितको उपचार भइरहेको बताउनुभयो । “यहाँ क्षमता हुँदासम्म बिरामी राखिने कुरा भएको छ”, उहाँले भन्नुभयो, “भरिए पनि यहाँको सेफर अस्पताल र सीएमए महिला छात्रावासलाई पनि आइसोलेसन वार्ड बनाउने तयारी छ ।”

त्यसैगरी अस्पतालमा निर्माण भइरहेको ५० श्ययाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको जोशीको भनाइ छ । सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भएको छ भने छ जनाको क्वारेन्टिनमा मृत्यु भएछ । जसमध्ये तीन जनाको कोरोना नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सात हजार ४९ पिसीआर विधि र ३२ हजार ७५६ आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टमा पिसीआर स्वाब सङ्कलन स्थगन भए पनि स्थानीय पालिकाले सम्बन्धित तहमा आरडिटी विधिबाट परीक्षण गरिरहेको बताउनुभयो । “हामीबाट आरडिटीका लागि किट लगेर पालिकासित भएको जनशक्तिले नै परीक्षण गरिरहेको छ”, भट्टले भन्नुभयो, “त्यसको तथ्याङ्क हामीकहाँ पनि पठाउने गरेका छन् ।”

धनगढीस्थित पशुपक्षी अन्वेशण प्रयोगशालामा पनि जनशक्ति कमी रहेको छ । “प्रयोगशालाको पूरै टिम दैनिक १२ देखि १३ घण्टा खटिरहेको छ ।” प्रयोगशाला स्रोत भन्यो, “कर्मचारी अभावले पनि परीक्षणमा केही ढिलाइ हुन गइरहेको छ ।”



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२५ जेष्ठ २०७७, आईतवार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२५ जेष्ठ २०७७, आईतवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२५ जेष्ठ २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२५ जेष्ठ २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२५ जेष्ठ २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२५ जेष्ठ २०७७, आईतवार
Next Post

पोजेटिभ आएपछि पाँचजना पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

14 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी