काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएका प्रयोजनका लागि सञ्चालन हुने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ।
पास नचाहिने सवारी साधनहरू
अत्यावश्यक सेवा : दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीको ट्याङ्कर, दूरसञ्चार, विद्युत् र ढल मर्मतका गाडीहरू।
- दैनिक उपभोग्य वस्तु : दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन।
- स्वास्थ्य सेवा : अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पतालसम्म आउन-जान प्रयोग हुने सवारी साधन।
- हवाई यात्रु : अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका गाडी (विमानस्थलसम्म वा घररहोटलसम्म जान)।
- अशक्त तथा बिरामी : हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा हिँडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजको एक जना सहयोगी बोकेका सवारी साधन।
- कूटनीतिक र अन्य : नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका गाडी, आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक र प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधन।
यस बाहेकका अन्य सवारी साधन सञ्चालनका लागि भने पास अनिवार्य गरिएको छ। आयोगले पास वितरणलाई सहज बनाउन निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि रहने गरी आयोग परिसरमै ‘एकीकृत सवारीसाधन आवागमन डेस्क’ स्थापना गरेको छ।


