Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

‘क्वारेन्टिन जेल र गोठ जस्ता भए’

न्युजडेस्क न्युजडेस्क
२५ जेष्ठ २०७७, आईतवार
7
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ : राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टिन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले क्वारेन्टिन व्यवस्थित हुन नसकेको हुँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“क्वारेन्टिन व्यवस्थित हुन सकेको छैन, पुलिसका हिरासत, जेलजस्ता भए”, सत्तापक्ष नेकपाका प्रमुख सचेतक भट्टराईले भन्नुभयो, “क्वारेन्टिन शौचालय, सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था, पिसिआर परीक्षण, मास्क, सेनिटाइजरयुक्त हुनुपर्छ ।” उहाँले गर्मीको मौसम भएको हुँदा तराईमा झुलको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

“क्वारेन्टिनलाई नै आइसोलेशन वार्ड बनाउनुपर्ने अवस्थामा उपचारलाई अझ ध्यान दिएर भेन्टिलेटर बढाउनु जरुरी छ”, सांसद भट्टराईले भन्नुभयो, “राहतको सन्दर्भमा सरकारले सही निर्णय गरेको छ, स्थानीय तहले राहतलाई व्यवस्थापन गर्ने कुरामा ध्यान दिइरहेको छ, भोकै मर्ने अवस्था आउनु हुँदैन ।”

उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई मानवीय कामका लागि कसैको पनि आदेश वा निर्देशन जरुरी नपर्ने जनाउँदै क्वारेन्टिनमा बसेकाहरुका लागि भोकबाट बचाउनुपर्नेमा जोड दिनुभयो । सांसद भट्टराईले रोजगारी गुमाएर अलपत्र परेकालाई स्वदेश ल्याउने काम स्वागतयोग्य छ भन्दै तिनको उचित व्यवस्थापन गर्न सरकार चुक्न नहुने बताउनुभयो ।

उहाँले खेतीपातीको मौसम शुरु भएको हुँदा मल र बीउको समस्या हुन नदिन ध्यानाकर्षण गराउँदै दूध, तरकारी र फलफूल बजारमा पु¥याउन ध्यान दिनुपर्ने माग गर्नुभयो । सांसद भट्टराईले एसइई र दशजोड दुईको परीक्षा सम्बन्धित विद्यालयबाट दिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले गणतन्त्र, सार्वभौमसत्ता र स्वाधीनतामाथिको प्रहार रोक्न सबै लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

पिसिआरमा जोड
नेकपाकै चक्रप्रसाद स्नेहीले सुदूरपश्चिममा आरडिटी गर्दा पाँचछ सय जनामा कोरोना फैलिएको बुझिएको जनाउँदै डडेलधुरा जिल्लामा भेन्टिलेटरको व्यवस्था गर्न र आरडिटीमा विश्वसनीयता नदेखिएकाले पिसिआरलाई बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली काँग्रेसका रमेशजंग रायमाझीले क्वारेन्टिन गाईगोठजस्तो भएको तथा मानिस दिनभरि क्वारेन्टिनमा बसेर राति घरमा बस्ने गरेको देखिएको हुँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“कोरोना ६८ जिल्लामा फैलिसकेको छ, तैपनि सरकारले सामान्य रुपमा लिएको छ, नेपाली जनतालाई बचाउनका लागि सरकारले ध्यान दिनुपर्छ”, सांसद रायमाझीले भन्नुभयो, “स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा स्वास्थ्य उपकरण छैन, स्वास्थ्य सामग्रीको अभाव छ, पिपिई र मास्कमा कालो बजारी भइरहेको छ, सरकारले नागरिकको जिम्मा लिनुपर्छ ।” सांसद रायमाझीले बन्दाबन्दीका अवस्थामा सरकारलाई पैसा आवश्यक प¥यो भनेर तत्काल कर माग्न नमिल्ने बताउनुभयो ।

काँगे्रसकै तारादेवी भट्टले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढ्दै गएको हुँदा क्वारेन्टिनलाई व्यवस्थित गरी पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले कोरोनाबाट जनतालाई बचाउनका लागि पिसिआर परीक्षणलाई बढाउन र क्वान्टिन व्यवस्थित गर्न जरुरी भएको उहाँको भनाइ थियो । सांसद यादवले भन्नुभयो, “म आग्रह गर्छु, सरकार गम्भीर बन्नुपर्छ, रु १० अर्ब कहाँ खर्च भएको छ ? रोगले १३ जना मरे तर भोकले पनि मर्ने अवस्थामा पुगेका छौँ ।”

समाजवादी पार्टीकी प्रमिला कुमारी तथा नेकपाका रामलखन चमार, रामनारायण बिंडारी र जीवन बुढाले कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन क्वारेन्टिन व्यवस्थित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२५ जेष्ठ २०७७, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२५ जेष्ठ २०७७, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२५ जेष्ठ २०७७, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२५ जेष्ठ २०७७, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२५ जेष्ठ २०७७, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२५ जेष्ठ २०७७, आईतवार
Next Post

साइकल पाएपछि छात्रा खुशी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी