Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कोरोनाको वर्तमान अवस्था : बालमनोविज्ञान र शिक्षाको आवश्यकता

न्युजडेस्क न्युजडेस्क
२४ जेष्ठ २०७७, शनिबार
12
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

✍ गुञ्जा साह

आजका बालबालबालिका भविष्यको कणर्धार हुन् । हामीले जुनसुकै समय र परिस्थितिमा पनि उनिहरुको बारेमा सोच,विचार गर्नु आवश्यक छ । समय,परिस्थिति र अवस्था अनुसार सबै व्यक्तिको धारणा, अवधारणा र कार्यशैलीमा परिर्वतन आउने गर्दछ। समयको साथसाथै हामिले पनि आफ्नो कदम चाल्न सक्नुपर्दछ । समयले ठुला, साना, धनीगरिब,युवक,बालबालिकाको मनोस्थितिमा प्रत्यक्ष रुपमा प्रभाव पारेको देखिन्छ ।

बालबालिकामा पर्न गएको मनोवैज्ञानिक अवस्था : बालबालिका सच्चा र मनको कच्चा हुन्छ । उनीहरुको मन निश्चल, कोमल, नरम र पवित्र हुन्छन् । साकारात्मक, नकारात्मक, राम्रा/नराम्रा, सत्य-असत्य छुट्टयाउन सक्ने क्षमता हुँदैन । उनीहरुको संवेगमा गुनासोको कुनै ठाउँ हुदैन । उनिहरुलाई लुकाउने, छुपाउनेको बारेमा अवगत हुदैन । आफ्ना भावना, आफ्ना भोक, चोट, तिर्खा, इच्छा, चाहना, रहर कसैको सामुन्नेमा पनि पोख्न बाध्य हुन्छ । आजकल कोरोना भाइरसको कारणले बालबालिकामाथी मनोवैज्ञानिक प्रभाव पारेको देखिन्छ । वर्तमान समयमा सबै वर्ग पिडित भएको खण्डमा बालबालिका पनि अति नै प्रभावित भएको देखिन्छ । समसमायिक रुपमा भन्नुपर्दा, स्कुल पढ्न जाँदा गर्मी र जाडो महिनाको बिदाको पर्खाइ र आफन्तसंगको घुमघाम गर्न इच्छा राखेका हाम्रा नानीबाबुहरु आइतबार देखि शुक्रबार सम्म स्कुल जानु नै पर्ने र हप्ताको एक दिन शनिबार बिदा हुँदा रमाउने आजकल लामो समय देखि बिदा जस्तै घरमै बसिरहदा दिक्क मानिरहेका देखिन्छ ।

हरेक बालबालिकाको प्रश्न : आमा स्कुल कहिले देखि लाग्छ? लकडाउन कहिले खुल्छ ? मलाई आफ्नो साथीसंग भेट्न जान दिने कि नाई ? साथीहरुसंग कहिले देखि खेल्न पाईन्छ ? कहिले सम्म घरमै बस्ने ? कोरोना भाइरस कहिले भाग्छ ? जस्ता अनेकौं प्रश्नहरु आफ्ना मन मस्तिष्कमा उब्जाइरहेका छन् । त्यस्तै आफ्नो बारेमा भन्नुपर्दा मेरो ६ वर्षको छोराले मलाई सोध्छ, की आमा कति घरमा बस्ने ? घरमा बस्दा-बस्दै घर जेल जस्तो लाग्न थालेको छ । लकडाउन कहिले खुल्छ ? कोरोनाले गर्दा घुम्न पनि नपाउने ? दिनभरी घरमा मात्र बस्ने घर बाहिर साथीसंग खेल्न पनि नपाउने ? बिदा त दुई चार दिनसम्म हुन्छ । हाम्रो स्कुल कहिले खुल्छन ? भन्ने प्रश्न गर्दा आश्चर्य चकित बनाउछ । छोरा घरमा बस्दा दिक्क मानिरहेको महसुस हुन थालेको छ । त्यसैगरी सबै अभिभावकलाई पनि यस्तै प्रश्न लगायत अनेकौं प्रश्नहरु उसको बाबुनानीले सोधिरहेका होलान् सायद ! यस्ता प्रश्नहरुले बालबालिकाको मनोस्थितिमा धक्का पुग्ने गर्छन् । अचेल स्कुलमा पढेर, खेलेर, रमाएर, गीत गाएर, नाचेर सिक्ने बानी बसालेका हाम्रा नानी-बाबुहरु यति लामो दिनसम्मको लकडाउनले पिडित हुनु पनि स्वभाविक नै हो ।

बालबालिकाको लागि प्रत्येक अभिभावकले गर्नुपर्ने कार्य : बालबालिका विभिन प्रकृतिको हुन्छन् । सबैको वृद्धि, व्यवहार, रहनसहन फरक-फरक हुन्छन् । त्यसैले सबभन्दा पहिला बालबालिकाहरुको इच्छा, चाहना र रुचि कस्तो छ, त्यसपक्षलाई मुल्याङकन गर्नुपर्दछ । जस्तै ः कति जनालाई चित्र कोर्न मन लाग्छ, कतिलाई कविता पढेर रमाउन मन लाग्छ, कोई नाच्न मन पराउने, कोई घरको काम गर्न रुचाउने, केही बोटबिरुवा रोप्न रुचाउने जस्ता विभिन्न कार्यहरु गर्न रुचाउँछन् । उनिहरुको यस्ता कार्यमा हामी अभिभावकले जे जति जाने बुझेका हुन्छौ, त्यति कुरा कम्तिमा उसको रचनात्मक तथा सिर्जनात्मक कार्यमा मद्दत गर्नुपर्छ । उनिहरु संगसंगै नाचेर, गाएर, सघाएर उनिहरुको मन जित्न कोसिस गर्नुपर्दछ । हामीले साथी जस्तै व्यवहार गरेर साथीको कमी महसुस हुन नदिने वातावरण बनाउनु पर्दछ । त्यस्तै एउटा आमा हैन कि गुरु भएर निर्देशन दिई सहि मार्गमा ल्याउन सक्नुपर्छ । न की यो न गर, त्यो न गर, चुपलागेर बस भन्ने हो । यसरी उनिहरुको दिमाग अशान्त हुन्छ, झन बच्चाहरुलाई आफ्नै आमाबुवासंग दिक्क लाग्न सक्छ। यसबाट झन बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले हामी सबैले आफ्ना बालबालिकासंग सहयोगीपन सुमुधुर मैत्रीपूणर् व्यवहार गर्नुपर्दछ ।

लकडाउनमा शिक्षा प्रदान गर्ने माध्यम : इलेक्ट्रोनिक उपकरण इन्टरनेट, मोबाइल, कम्प्युटर, टिभि, प्रिन्टर जस्ता उपकरणले अहिले हरेक कार्यमा सुविधा पुगेको छ । जसबाट शिक्षा आर्जन गर्नका लागी पनि इन्टरनेटलाई अति नै उपयोगी माध्यम मानेको छ । हरेक किताब, कथा, कविता, विज्ञान, गणित, सामाजिक, कलात्मक, रचनात्मक कार्य घरमै बसीबसी सजिै तरिकाले पढ्न तथा सिक्न सकिरहेका छौं । सूचना र प्रविधिले गर्दा हाम्रो दैनिक जिवनमा गर्नुपर्ने कार्यहरुमा पनि सहयोग र सुविधा पाईरहेका छौं। आफ्ना शिक्षाको स्तर बढाउन हामी अभिभावकले पनि इन्टरनेटको सुविधामा ध्यान दिनु आवयश्यक छ । कार्टुन, फिल्म, कमेडी, फेसबुक मात्रै हैन की बच्चाको लागि गीत, कविता, कथाहरु, चित्रहरु, प्रयोगात्मक कार्यहरु देखेर, सुनेर उनिहरुलाई त्यस्ता कार्य गर्नमा सहयोग गर्नुपर्दछ । आफ्नो बच्चासंग रमाउने बानी बसाल्नुपर्दछ ताकी बालबालिकाको मनोविज्ञानमा बोझिलो, झन्झटिलो हैन की सकारात्मक बानीको विकास हुन सकोस् ।

कोरोना माहामारी र विद्यालयको अवस्था : कोरोना माहामारी जसले विश्वको शक्तिशाली देश चीन, इटली, अमेरिका, भारत, रुस, नेपाल जस्ता थुप्रै देशमा आफ्नो प्रकोपले धेरै मानिसहरुको ज्यान लिइरहेको छ । साथै कतिपय व्यक्तिको उपचार पश्चात निको भई घर पनि फर्केका कुरा यथावत् नै छ । मृत्यु हुनु भन्दा बढी यस भाइरसबाट निको हुनेको संख्या बढिरहेको छ, जुन हाम्रो लागि सकारात्मक पक्ष हो । यसबेलामा शिक्षालाई विद्यालय पुगी आर्जन गर्नु कतिको उपयोगी ? शिक्षा प्राप्त गर्नको लागी विद्यालय पुग्नुपर्नेमा जोड दिनु कतिको समायानुकुल छ ? बालबालिकाको ज्यान जोखिममा राख्नु मुर्खता हैन ? यी यावत अनुतरित प्रश्नहरु छन् ।

अचेल शिक्षा आर्जन गर्ने तरिकालाई बदल्न सकिन्छ । आधुनिक युग विज्ञान र प्रविधिले गर्दा निकै नै प्रभावित भएको छ । घरमा बसीबसी संसारलाई देख्न, सुन्न र हेर्न सकिन्छ । कुनै पनि शब्द होस् वा शब्द भण्डार सबैको जानकारी हामी सजिलैसंग लिन सकिरहेको बेला इन्टरनेटको सुविधालाई उपयोगी बनाउन सक्नुपर्छ । अहिले अनलाईन, जुम, गुगल, एफएम तथा विभिन्न पत्रपत्रिकाले गर्दा शिक्षा आर्जन गर्ने कार्य कठिनाई हुन सक्दैन । कोरोना माहामारी सम्पर्कबाट सर्ने एक सरुवा रोग हो भने स्कुलमा पढ्न जाने विद्यार्थीहरु कतिको परिपक्व हुन्छ कि उसले सामाजिक दुरीको पालना गर्छन त ? यो पक्कै पनि असम्भव नै छ ।

अब इन्टरनेटको सुविधा सबै नेपालीको घरदैलोमा छ त ?
हामी नेपाली गरिब र बेरोजगारीले भरिपूणर् छौ । एकछाक टार्न काम नगरी नहुने पनि धेरै छन् । झन कोरोना भाइरसले गर्दा हाम्रो मुलुकले झेल्नुपर्ने अनेकौ समस्याहरु छन् । यसबेला गरिबी र भोकमरीले ज्यान गइरहेको अवस्थामा शिक्षाको मोल बुझ्ने कति होलान् ? भोकको अगाडी शिक्षाको कुनै महत्व हुदैन । “ज्यान बचे तो लाख उपाय” उखान भनेझै पहिला ज्यानको सुरक्षा आवश्यक छ । भोकमरी हटाउन राहतको सुविधा चाहिन्छ । भोकमरीलाई राहतले हटाउन सकिन्छ तर शिक्षाको लागि र्वतमान अवस्थामा इन्टरनेट सुविधा सम्पूणर् नेपालीको लागि प्रायः असम्भव नै देखिन्छ।
हाम्रो संविधानमा पनि मौलिक हक अन्तर्गत धारा(१६) अर्थात शुरुमै बाँच्न पाउने हकको चर्चा गरेको छ तर शिक्षाको हकलाई धारा (३१) मा राखेको पाईन्छ ।यसको मतलब शिक्षा बाँचेपछि मात्रै चाहिन्छ भन्ने धारणा राखेको छ । शिक्षालाई आधारभुत अधिकार पछिको दोश्रो दर्जाको स्थानमा राखेको छ । तर शिक्षा त प्रत्येक व्यक्तिलाई आवश्यक हुन्छ । यसका लागि शिक्षा सबैको पहुँच हुनुपर्छ र शिक्षामा समानता पनि हुनु जरुरी छ ।

सरकारको सुविधा/सहयोगः लकडाउनले अहिले सम्पूणर् विश्व नै पिडित भएको बेला हामी नेपाली यसको चपेटामा पर्नु पनि स्वाभाभिक नौलो होईन्। लकडाउनले हरेक नेपाली पीडित भैरहेको अवस्थामा गरिब, विपन्न, निम्न, धनी, मध्यवर्ग सबैले चाहेका जस्तो जिवन बिताउन पाएका देखिदैन । त्यसमा विशेषतः रुपमा गरिब तथा निम्न वर्ग बढी नै प्रभावित भएको देखिन्छ । यस्ता वर्गका व्यक्ति, परिवारलाई राहतको व्यवस्था गर्नु नै पर्छ । साथसाथै शिक्षा सबैको लागि नभई नहुने भएकाले यो विषयलाई मध्यनजर गरी कम्तीमा यो लकडाउनको अवधिभर इन्टरनेटको सुविधा गरिदिँदा शिक्षाबाट कोई पनि बञ्चित हुने थिएन । धनी वर्ग र मध्यवर्गको बारेमा नसोचे पनि यस्ता विपन्न वर्ग छाक टार्न समस्या भएकाहरुलाई यस्ता सुविधा गरिदिन विशेष अनुरोधका साथ अपिल गर्न चाहन्छु ।

अन्तमा : शिक्षा यस्तो अस्त्र हो जसले हाम्रो जिवनलाई सुनौलो प्रकाश दिने गर्छ । अँध्यारो जिवनलाई उज्यालो तर्फ तान्ने डोर हो शिक्षा । शिक्षा यस्तो औजार हो जसले व्यक्तिको जिवनको गुणस्तर बढाउनमा ठुलो हात रहेको हुन्छ । यस्ता सकारात्मक पक्षहरु लिई शिक्षालाई निरन्तरता दिनु पर्दछ। हाम्रो बालबालिकाको मानसिकता तथा भविष्यलाई हेरी शिक्षालाई ठप्प गर्नु पनि उचित हैन । समय र परिस्थिती जस्तोसुकै आए पनि हिम्मत नहारी अगाडी बढ्नु नै गुणात्मक शिक्षाको प्रमाण हो । बालबालिकाको जिवनलाई सकारात्मक मोड दिने शिक्षा मात्रै एउटा अस्त्र हो । सबै वर्गको लागि शिक्षामा जोड दिनु पर्दछ। शिक्षाको अर्थ समानता र स्वतन्त्र हो तर यहाँ विभेदिकरण भईरहेको छ । शिक्षा पाउने हक र अधिकार सबैको हो भने शिक्षाको सकारात्मक सदुपयोग गर्नु हाम्रो कर्तव्य हो ।

(लेखिका : कानून अध्ययनरत बिद्यार्थी हुन् ।)



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२४ जेष्ठ २०७७, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२४ जेष्ठ २०७७, शनिबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२४ जेष्ठ २०७७, शनिबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२४ जेष्ठ २०७७, शनिबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२४ जेष्ठ २०७७, शनिबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२४ जेष्ठ २०७७, शनिबार
Next Post
क्वारेन्टाइनमा मनीषा कोइराला

क्वारेन्टाइनमा मनीषा कोइराला

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

1 day अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी