बरियारपट्टी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह मंगलबार सिरहा हुँदै सप्तरीका विभिन्न स्थानमा संक्षिप्त राजनीतिक भ्रमणमा निस्किएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राजविराजबाट सिरहातर्फ आएका बालेन्द्र शाहले हुलाकी राजमार्ग र महेन्द्र राजमार्ग आसपास भेला भएका नेता–कार्यकर्ता तथा समर्थकलाई गाडीबाटै अभिवादन गरेका थिए।
सामाजिक सञ्जालमार्फत उनको आगमनको जानकारी पाएपछि समर्थकहरू एकाबिहानैदेखि विभिन्न स्थानमा भेला भएका थिए। समय व्यवस्थापन र यात्रा तालिकाका कारण बालेन्द्र शाह गाडीबाट नओर्लिए पनि उनले समर्थकतर्फ हात हल्लाउँदै सम्मान प्रकट गरेका थिए।
संक्षिप्त भेटघाटका बाबजुद स्थानीय नेता–कार्यकर्ताहरूले उनको उपस्थितिलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा विस्तृत कार्यक्रमका साथ पुनः भेट हुने अपेक्षा व्यक्त गरेका छन्। बालेन्द्र शाह हुलाकी सडक हुँदै पश्चिमतर्फ अघि बढेका थिए।

सम्वन्धित समाचार :