• सर्लाहीमा रहँदा उनी चुनावकेन्द्रित गतिविधिमा व्यस्त रहनेछन् ।काठमाडौँ — कांग्रेसका सभापति गगनकुमार थापा आज मधेश झर्दै छन् ।

    बिहान १०:३० बजेको उडानबाट सिमरा हुँदै उनी सर्लाही जाने कार्यक्रम छ । थापा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही- ४ का उम्मेदवार हुन् । सर्लाहीमा रहँदा उनी चुनावकेन्द्रित गतिविधिमा व्यस्त रहनेछन् ।

    यसअघि काठमाडौं-४ बाट चुनाव जित्दै आएका थापाले यसपटक चुनावी क्षेत्र परिवर्तन गरेका हुन् ।

सम्वन्धित समाचार :