विराटनगर । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनको लागि मोरङका उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगनकुमार थापा नेतृत्वको संसदीय बोर्डले मोरङका ६ वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो ।
काँग्रेसले मोरङ क्षेत्र नं. १ मा पार्टीका प्रदेश सहमहामन्त्री खड्ग फागोलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट चुनाव जितेका पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले टिकट पाएनन् । फागो गगन समूहका हुन् भने लिम्बू कोइराला समूहका ।
मोरङ ४ बाट यसअघि लगातार २ निर्वाचन जितेका अमनलाल मोदी नेकपाका उम्मेदवार छन् भने नेकपा एमालेले अघिल्लो प्रदेशसभा निर्वाचनमा पराजित भएका जीवन घिमिरेलाई उम्मेदवार बनाएको छ ।
मोरङ क्षेत्र नं. ५ बाट फुलकुमार लालबानी उम्मेदवार भएका छन् । उनी कांग्रेसका महासमिति सदस्य थिए । सो क्षेत्रबाट प्रदेशसभाका सदस्य अमृत अर्याल उम्मेदवार बन्न आकांंक्षी रहेपनि टिकट पाएनन् । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगी मण्डल विजयी भएका थिए ।


