पृथ्वी जयन्तीको बिदामा पनि यातायात कार्यालय लहान खुला रहने
लहान, सिरहा । पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा रहे पनि यातायात व्यवस्था कार्यालय, लहानले सेवा प्रवाह निरन्तर सञ्चालन गर्ने भएको छ। मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको निर्देशनअनुसार सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्यालय खुला राखिने जनाएको हो।
कार्यालयद्वारा जारी सूचनाअनुसार मिति २०८२/०८/२७ गते मंगलबार पृथ्वी जयन्तीको दिन पनि सवारी दर्ता, नामसारी, नवीकरण, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नयाँ तथा नवीकरण, वर्ष थप दर्ता लगायत सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाअनुसार सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ।
यातायात कार्यालय लहानले सेवाग्राहीलाई निर्धारित समयमै उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। बिदाको दिन सेवा खुला रहने निर्णयले सेवाग्राहीलाई सहजता हुने विश्वास गरिएको छ।


