गगन थापा नेपाली राजनीतिमा कुनै सामान्य नाम होइनन् । उनी सम्भावनाको प्रतीकका रूपमा उदाएका नेता हुन् । जसलाई हेर्दा धेरैले भविष्य देखे, जसको बोलीमा आशा सुनियो । जसको आत्मविश्वासमा पुस्तान्तरणको संकेत देखिन्थ्यो । उनीप्रति आकर्षण केवल कांग्रेसभित्र सीमित थिएन । कांग्रेसबाहिरको ठूलो जमातले पनि उनलाई सम्भावित विकल्पको रूपमा हेरिरहेको थियो ।नेपाली राजनीतिमा दुर्लभ मानिने स्पष्ट बोली, डर नमान्ने शैली, तथ्यमा आधारित तर्क र युवा पुस्तालाई छोइरहने भाषा उनका ठूला पुँजी थिए । उनी प्रधानमन्त्री बन्छन् कि बन्दैनन् भन्ने प्रश्न सधैँ खुलै रह्यो तर ‘प्रोजेक्ट पीएम’ जस्तो अभियान नै सञ्चालन हुनु भनेको उनी केवल नेता होइनन्, सम्भावित सत्ता संरचनाको आकांक्षा बोकेको पात्र थिए भन्ने प्रमाण हो ।
तर राजनीति आकांक्षाले मात्र चल्दैन, परिणामले चल्छ । उनले लडेका हरेक चुनाव, लिएका हरेक चुनौती, बोलेका हरेक विद्रोही वाक्यहरूले उनलाई आँट भएको नेता त बनायो तर परिणाम दिन सक्ने नेताका रूपमा स्थापित गर्न सकेन । उनी महामन्त्रीमा लडे, हारे, फेरि जिते । संसदीय दलको नेतामा लडे, हारे ।
अन्तर्राष्ट्रिय राजनीतिमा हेर्ने हो भने, परिवर्तनकारी नेताहरूले पार्टीभन्दा ठूलो जोखिम लिएका उदाहरण प्रशस्त छन् । इमानुएल माक्रों फ्रान्सको परम्परागत पार्टी संरचनाभित्र बसिरहेनन्, उनले साधन परिवर्तन गरे ।
सभापतिमा लड्ने घोषणा गरे, जित सुनिश्चित छैन । यहाँ प्रश्न हार–जितको होइन, प्रश्न समयको हो । राजनीति केवल सही हुनु मात्र होइन, सही समयमा सही निर्णय लिन सक्ने क्षमताको खेल पनि हो । यही क्षणमा गगन चुक्दै गए भन्ने अनुभूति उनका समर्थकहरूकै ठूलो हिस्सामा देखिन्छ ।
अन्तर्राष्ट्रिय राजनीतिमा हेर्ने हो भने, परिवर्तनकारी नेताहरूले पार्टीभन्दा ठूलो जोखिम लिएका उदाहरण प्रशस्त छन् । इमानुएल माक्रों फ्रान्सको परम्परागत पार्टी संरचनाभित्र बसिरहेनन्, उनले साधन परिवर्तन गरे । इटालीमा रेन्जी, क्यानडामा ट्रुडो, भारतमै हेर्ने हो भने केजरीवाल– यी सबैले एउटा क्षणमा बुझ्ने आँट गरे कि पुरानो संरचनाले नयाँ गन्तव्यमा पुर्याउँदैन ।
उनको विद्रोह सधैँ बोलीमा रह्यो, व्यवहारमा कहिल्यै निर्णायक मोड लिन सकेन । राजनीतिक रिक्तता बारम्बार आयो । पुराना नेतृत्व कमजोर देखिए । जनताको भरोसा टुट्दै गयो । विकल्पको खोज तीव्र भयो । तर गगनले त्यो रिक्ततालाई भर्न सकेनन् । उनी पार्टीभित्रै ‘लडिरहेँ’ भन्ने सन्तुष्टिमा सीमित भए ।
यसले उनलाई व्यक्तिगत ब्रान्डिङ त दियो तर राष्ट्रिय नेतृत्वको उचाइमा पुर्याउन सकेन । राजनीति आत्मरतिको विषय होइन । यो सार्वजनिक परिणामको विषय हो । ‘मैले बोलेँ, मैले दबाब दिएँ’ भन्ने सूचीले जनताको पेट भरिँदैन, भविष्य देखाउँदैन ।
यसै कारण बाहिरको ठूलो तप्का जसले कहिल्यै कांग्रेसलाई मत दिएको थिएन तर गगनलाई मन पराउँथ्यो, आज उनीबाट टाढा छ । त्यो तप्काको प्रश्न सरल छ, तिम्रो विद्रोहले देशलाई के दियो ? तिम्रो आँटले प्रणालीमा के परिवर्तन आयो ? यसको जवाफ गगनसँग तर्कमा छ तर परिणाममा छैन । उनी असफल नेता होइनन् तर सफल हुन नसकेका नेता हुन् । यो दुई शब्दबीचको दूरी इतिहासले मापन गर्ने नै छ ।
गनले समय गुमाए, अवसर गुमाए र सम्भावनालाई क्रमशः सीमित दायरामा थुने । अब देखिँदैछ कि उनी विकल्प खोज्ने जनताको आँखाबाट ओझेल पर्दै, पार्टीभित्रै लडेर आफ्नो राजनीतिक यात्राको अन्त्यतर्फ उन्मुख छन् ।
आज जब देशभर विकल्पको नारा गुञ्जिरहेको छ, गगन अझै पनि महाधिवेशन, विशेष महाधिवेशन, आन्तरिक समीकरणमै अल्झिएका छन् । विकल्पको खोज आजको होइन, दशक अघि देखिको हो । त्यो बेला विकल्पको रूपमा अग्रपङ्क्तिमा आउने नाम थियो गगन थापा । तर उनले त्यो क्षणलाई नेतृत्वको रूपमा रूपान्तरण गर्न सकेनन् । परिणामस्वरूप, आज देखिएका नयाँ विकल्पहरू जन्मिए जसको वैचारिक जग बलियो नहुन सक्छ तर समयचेत बलियो छ । समयलाई बुझ्न नसक्ने नेता विचारले सही भए पनि इतिहासमा पछाडि पर्छ ।
विद्रोह पहिलो चरण हो तर विद्रोहमै अड्किनु असफलताको संकेत हो । सुधार, नेतृत्व, निर्णय– यी चरण पार नगरी केवल विरोधमै रमाउनु भनेको समय गुमाउनु हो । गगनले समय गुमाए, अवसर गुमाए र सम्भावनालाई क्रमशः सीमित दायरामा थुने । अब देखिँदैछ कि उनी विकल्प खोज्ने जनताको आँखाबाट ओझेल पर्दै, पार्टीभित्रै लडेर आफ्नो राजनीतिक यात्राको अन्त्यतर्फ उन्मुख छन् ।
इतिहासले सधैँ एउटा कठोर नियम अपनाउँछ; उसले के गर्न खोजिरहेको छ भन्दा के गर्योलाई महत्त्व दिन्छ । यही नियम गगन थापाको राजनीतिमा पनि लागू हुँदैछ । उनीसँग विचार थियो, भाषा थियो, दृष्टि थियो तर समयको मागअनुसार निर्णय लिने साहस निरन्तर टार्दै जाँदा विचारहरू कागजमै सीमित भए ।
गगनले भने सधैँ पार्टीभित्रै आफूलाई प्रमाणित गरेपछि मात्रै बाहिर निस्कने सोच राखे । तर राजनीति प्रयोगशाला होइन जहाँ सबै परीक्षण पूरा भएपछि मात्र निष्कर्ष निकालिन्छ ।
राजनीति केवल सही बोल्ने अभ्यास होइन, यो जोखिम लिने कला हो । गगनले जोखिम लिए तर आधा जोखिम । उनी सधैँ किनारमै उभिएर नदीको गहिराइ मापन गरिरहे तर पौडिन कहिल्यै हाम फालेनन् । यही हिच्किचाहटले उनलाई सम्भावनाबाट सीमिततामा झार्यो ।
नेपालको राजनीतिक संरचनामा एउटा स्थायी समस्या छ, रिक्तताको । जब नेतृत्व कमजोर हुन्छ, जब संस्थाहरू थाक्छन्, जब पुराना अनुहारहरूले भरोसा गुमाउँछन् त्यहीँ नयाँ नेतृत्व जन्मिने ठाउँ हो । ०७० पछि यस्ता रिक्तता पटक–पटक देखिए । संविधान जारीपछि, नाकाबन्दीको समयमा, कोभिड महामारीमा, सरकारहरूको अस्थिरतामा– यी सबै क्षणहरू नेतृत्वको परीक्षा थिए । जनताले प्रश्न गरिरहेका थिए, ‘अब को ?’
त्यो प्रश्नको जवाफ बन्न सक्ने पात्र गगन थिए । तर उनले आफैँलाई त्यो उत्तरको रूपमा अघि सारेनन् । उनी आलोचक बने, दबाबकर्ता बने तर विकल्प बनेनन् ।
यहीँबाट जनताको मनोविज्ञान बदलिन थाल्यो । राजनीति भावनामा मात्र टिक्दैन, निरन्तरतामा टिक्छ । लामो समयसम्म ‘अब गगन आउँछन्’ भनेर पर्खिएको जमात थाक्यो । त्यो जमातले क्रमशः नयाँ अनुहारहरूमा आशा देख्न थाल्यो । ती नयाँ अनुहारहरू पूर्ण थिएनन्, उनीहरूसँग स्पष्ट रोडम्याप थिएन, कतिपयसँग अनुभव पनि थिएन तर एउटा कुरा थियो– उनीहरू हिच्किचाएनन् ।
गगनले भने सधैँ पार्टीभित्रै आफूलाई प्रमाणित गरेपछि मात्रै बाहिर निस्कने सोच राखे । तर राजनीति प्रयोगशाला होइन जहाँ सबै परीक्षण पूरा भएपछि मात्र निष्कर्ष निकालिन्छ । राजनीति मैदान हो जहाँ अपूर्णतामै पनि निर्णय लिनुपर्छ ।
यहाँ एउटा गहिरो प्रश्न उठ्छ, के गगनले पार्टीलाई बचाउन खोज्दा आफ्नै सम्भावनालाई कमजोर पारे ? सम्भवतः हो । उनले पार्टीलाई साध्यभन्दा माथि राखे । त्यसैले उनी पार्टी सुधारको परियोजनामा फस्दै गए जबकि देश नेतृत्वको खोजीमा थियो । उनको समर्थक घट्नुको कारण वैचारिक विचलन होइन, रणनीतिक निराशा हो ।
उनले आफैँले यही पङ्क्तिकारसँगको एक टेलिभिजन अन्तर्वार्तामा भनेको समयसीमा– अब १० वर्ष मात्र राजनीति गर्छु भन्ने भनाइलाई यदि साँच्चै मान्ने हो भने, यो उनको अन्तिम निर्णायक अवसर हो ।
धेरैले आज पनि भन्छन्, ‘गगन गलत छैनन् तर ढिला छन् ।’ राजनीति भनेको ढिलो–छिटोको खेल हो । सही समय गुमेपछि सही निर्णय पनि अप्रासंगिक हुन सक्छ । यसैकारण आजको विकल्पको बहसमा गगनको नाम सम्मानका साथ लिइन्छ तर अपेक्षाका साथ लिइँदैन । यो कुनै पनि नेताका लागि सबैभन्दा पीडादायी अवस्था हो, जहाँ सम्मान बाँकी हुन्छ तर भरोसा सकिँदो छ ।
डाटाको भाषामा भन्ने हो भने, पछिल्ला वर्षहरूमा शहरी युवा मतदाताको झुकाव परम्परागत दलबाट टाढिँदै गएको छ । यही वर्ग गगनको मुख्य आधार थियो । सामाजिक सञ्जालको ट्रेन्ड, जनमत सर्वेक्षण, चुनावी व्यवहार– सबै संकेत गर्छन् कि यो वर्ग अब बोल्ने नेता भन्दा निर्णय गर्ने नेता खोज्दैछ । गगनको समस्या यहीँ छ । उनी उत्कृष्ट वक्ता हुन् तर निर्णायक क्षणमा मौन रहने नेता जस्तो देखिन थालेका छन् ।
अब उनको राजनीतिक यात्राको सबैभन्दा संवेदनशील मोड आएर उभिएको छ । उनले आफैँले यही पङ्क्तिकारसँगको एक टेलिभिजन अन्तर्वार्तामा भनेको समयसीमा– अब १० वर्ष मात्र राजनीति गर्छु भन्ने भनाइलाई यदि साँच्चै मान्ने हो भने, यो उनको अन्तिम निर्णायक अवसर हो । या त उनी इतिहासमा सम्भावनाको नेता भनेर चिनिनेछन्, या अवसर गुमाएको नेता भनी ।
बीचको विकल्प अब बाँकी छैन । आज बाहिर विकल्प खोजिँदैछ किनभने भित्रबाट अपेक्षित परिणाम आएको छैन । गगन थापा हराउँदैछन् भन्ने अनुभूति यही असफल अपेक्षाको परिणाम हो । उनी हराएका होइनन् तर भीडमा विलीन हुँदैछन् । इतिहासले उनीमाथि अन्तिम फैसला सुनाउन बाँकी नै छ तर घडी तीव्र गतिमा चलिरहेको छ ।
कुनै पनि नेताको राजनीतिक जीवन व्यक्तिगत चाहना र सामूहिक अपेक्षाको द्वन्द्वबाट बनेको हुन्छ । गगनको हकमा सामूहिक अपेक्षा सधैँ व्यक्तिगत चाहनाभन्दा अगाडि थियो । यही कारण उनी लोकप्रिय भए तर यही कारण उनी कमजोर पनि बने । जनताले उनलाई केवल कांग्रेसको महामन्त्रीको रूपमा होइन, पुरानो प्रणालीको विकल्पका रूपमा हेरेका थिए । तर उनले आफूलाई सधैँ कांग्रेसभित्र सीमित गरे । यहीँबाट एउटा गम्भीर विसङ्गति सुरु भयो– जनताले जुन उचाइमा राखे उनले आफूलाई त्यहाँ कहिल्यै उभ्याएनन् ।
नेतृत्व भनेको अवसरको व्यवस्थापन हो । अवसर आफैँ आउँदैन, अवसर सिर्जना गर्नुपर्छ । गगनले अवसर देखे, पहिचान गरे तर त्यसलाई कब्जा गर्न सकेनन् । उनी सधैँ ‘अझै समय छ’ भन्ने भ्रममा बाँचे । राजनीति भनेको समयसँगको दौड हो जहाँ पछि परेपछि दौडको नियम बदलिँदैन । यही दौडमा गगन विस्तारै पछाडि परे । अब नयाँ पुस्ताका भनिएका विकल्पहरूलाई हेर्ने हो भने उनीहरूमा वैचारिक गहिराइ कम हुन सक्छ, भाषिक सौन्दर्य कमजोर हुन सक्छ तर उनीहरूमा एउटा खतरनाक शक्ति छ– निर्णयको साहस ।
उनीहरूले गल्ती गर्छन्, आलोचना खेप्छन् तर पछि हट्दैनन् । गगनको समस्या यही हो– उनी गल्ती गर्न डराए । गल्ती गर्न डराउनु नै राजनीतिमा सबैभन्दा ठूलो गल्ती हो । किनकि इतिहासले गल्ती गर्नेहरूलाई माफ गर्छ तर निर्णय नगर्नेहरूलाई बिर्सिन्छ ।
यहाँ एउटा वैकल्पिक इतिहास कल्पना गरौँ । यदि गगन थापाले ०७४ पछि ‘अब म पार्टी संरचनाभन्दा बाहिर गएर नयाँ राजनीतिक अभ्यास सुरु गर्छु’ भनेको भए के हुन्थ्यो ? सम्भवतः पार्टी कमजोर हुन्थ्यो, उनीमाथि आरोप लाग्थ्यो, विभाजन हुन्थ्यो तर देशले एउटा स्पष्ट विकल्प पाउँथ्यो । त्यो विकल्प सफल हुन्थ्यो या असफल– त्यो अर्कै बहस हो । तर गगन परीक्षित हुन्थे ।
आज बाहिर विकल्प खोजिँदैछ किनभने भित्र आशा पूरा भएन । गगन थापा हराउँदैछन् भन्ने अनुभूति उनी हराएका कारण होइन, समयले उनलाई ओझेलमा पारेको कारण हो ।
आज उनीमाथि लाग्ने सबैभन्दा ठूलो आरोप नै यही हो– उनी परीक्षित भएनन् । राजनीतिमा परीक्षण नहुनु भनेको सुरक्षित रहनु होइन, अप्रासंगिक हुनु हो । गगन सुरक्षित रहे तर क्रमशः अप्रासंगिक बन्न थाले । अहिले उनी जहाँ छन्, त्यो स्थान सम्मानजनक छ तर ऐतिहासिक छैन । उनी पार्टीभित्र आवश्यक नेता हुन् तर देशका लागि अपरिहार्य नेता बन्न सकेनन् ।
अब उनको भविष्यका सम्भावित परिदृश्यहरू स्पष्ट देखिन थालेका छन् । पहिलो, उनी पार्टीभित्रै संघर्ष गर्दै नेतृत्वमा पुग्ने प्रयास जारी राख्छन् जहाँ जित अनिश्चित छ र समय सीमित । दोस्रो सबैभन्दा कठिन तर ऐतिहासिक बाटो– उनी अन्ततः पार्टीभन्दा माथि उठेर देशका लागि नयाँ राजनीतिक अभ्यास सुरु गर्छन् ।
आज बाहिर विकल्प खोजिँदैछ किनभने भित्र आशा पूरा भएन । गगन थापा हराउँदैछन् भन्ने अनुभूति उनी हराएका कारण होइन, समयले उनलाई ओझेलमा पारेको कारण हो । इतिहास निर्मम हुन्छ, उसले भावना हेर्दैन, क्षण हेर्छ । गगनले धेरै क्षण गुमाए । अब बाँकी क्षणहरू थोरै छन् । तर राजनीति अन्तिम साससम्म सम्भावनाको खेल हो ।
यदि उनले अन्तिम पटक समयलाई बुझेर निर्णय गरे भने इतिहासको धारा मोडिन सक्छ । यदि गरेनन् भने उनी त्यो नेताको सूचीमा पर्छन्, जसलाई देशले एक समय अत्यन्तै चाह्यो तर अन्ततः आफैँबाट टाढा बनायो ।
अझै पनि ढोका पूर्ण रूपमा बन्द भएको छैन । अन्तिम अवसर भनेको केवल चुनाव जित्नु होइन, अन्तिम अवसर भनेको अन्तिम निर्णय हो । यदि गगनले अब पनि यही लयमा, यही ढाँचामा, यही सीमाभित्र राजनीति गरे भने उनी इतिहासमा सही त थिए तर समयको पदचाप बुझ्ने थिएनन् भनी चिनिनेछन् ।
यदि उनले अब एउटा असहज, जोखिमपूर्ण तर स्पष्ट निर्णय लिए भने– जित या हार दुबै अवस्थामा उनी इतिहासमा परीक्षित नेता भएर रहनेछन् । राजनीतिमा सबैभन्दा ठूलो हार पराजय होइन, अप्रासंगिकता हो । गगन थापा अहिले यही जोखिमको किनारमा छन् । अब उनी आफैँले निर्णय गर्नुपर्छ इतिहासको विषय बन्ने कि फुटनोट ।
(लेखक अमेरिका निवासी पूर्वसञ्चारकर्मी हुन्)


