कांग्रेस महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन २७ पुसमा भृकुटीमण्डपमा सुुरु हुनेछ । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सभापति देउवा र कार्यवाहक सभापति सहभागी नभए विशेष महाधिवेशनको अध्यक्षता पार्टीका महामन्त्री थापा र शर्मामध्ये एकजनाले गर्ने बताए ।
विशेष महाधिवेशन पक्षधरले बुधबार विभिन्न १८ समिति घोषणा गरेका छन् । पूर्वसभापति तथा पूर्वकेन्द्रीय सदस्यहरूको समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना, सूचना तथा प्रचारप्रसार, जिल्ला सम्पर्क, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समितिहरू गठन भएका छन् ।
विशेष महाधिवेशन आयोजकहरूका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले एक हजार एकसदस्यीय मूल जनपरिचालन समिति गठन भएको बताए ।


