सिरहा । इलाका प्रहरी कार्यालय महेशपुरपतारीका इन्सपेक्टर विशाल मल्ल ले कार्यालयमै नि:शुल्क निवेदन लेख्ने व्यवस्था सुरु गरेपछि स्थानीयस्तरमा सकारात्मक चर्चा भएको छ।

इन्सपेक्टर मल्लका अनुसार यसअघि निवेदन लेख्न बाहिरका लेखनदानी (लिखनदान) लाई ५ सयदेखि १ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था थियो। खर्चिलो प्रक्रिया भएका कारण धेरै सर्वसाधारण निवेदन दिन नै आउन नसक्ने अवस्था सिर्जना भएको थियो।

स्थानीय नागरिक किशोर सिंह ले प्रतिक्रिया दिँदै भने,

“यहाँ धेरै इन्सपेक्टर आए–गए तर यस्तो नि:शुल्क निवेदन सेवा कहिल्यै थिएन। यो प्रहरीको साँच्चिकै राम्रो कदम हो।”

त्यस्तै लक्ष्मीप्रसाद यादव ले पनि यस पहलको प्रशंसा गर्दै भने,

“जनता र प्रहरीबीच राम्रो सम्बन्ध भए मात्रै जनताले गरेका गलत गतिविधिबारे सही सूचना प्राप्त हुन्छ। यस्तो सेवाले विश्वास बढाउँछ।”

स्थानीयवासीका अनुसार यस सेवाले आर्थिक भार घटाउनुका साथै प्रहरीप्रति जनविश्वास बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार :