सत्यनारायण साफीलाई मासिक १० हजार सहयोग घोषणा
सिरहा । जिल्ला उद्योग वाणिज्य संघ लहान–सिरहाका अध्यक्ष विकास सार्दाले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका सिरहाको बरियारपट्टी गाउँ पालिका वडा नम्बर २ सिरिपुरका सत्यनारायण साफीलाई प्रत्येक महिना १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। उक्त घोषणा आज अध्यक्ष सार्दाको जन्मदिनको अवसरमा गरिएको हो। उनले आजकै दिनबाट मासिक १० हजार रुपैयाँ प्रदान गर्न सुरु गर्ने जनाएका छन्।
अध्यक्ष सार्दाले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै शिक्षा र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहयोग अघि बढाएको बताए। सत्यनारायण साफीले कठिन परिस्थितिका बाबजुद अध्ययन र मेहनतलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै, यो सहयोगले उनको भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीयवासीहरूले विकास सार्दाको यस कदमलाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन्। उद्योग वाणिज्य क्षेत्रमै सीमित नरही समाजिक कार्यमा पनि निरन्तर सक्रिय रहँदै आएका सार्दाले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको स्थानीयहरूको भनाइ छ।
यस प्रकारका सहयोग र पहलले समाजमा सकारात्मक सन्देश फैलिने विश्वास व्यक्त गरिएको छ।

सम्वन्धित समाचार :