बरियारपट्टी ।नेशनल लघुवित वित्तीय संस्थाले सत्यनारायणलाई ३लाख सहयोग गरेपछि कार्यक्रममा आएको जनप्रतिनिधि र स्थानीय १ लाख २५ भन्दा बढी सहयोग गरेको छ ।
दैनिक मजदुरी गर्दै परिवार पाल्नेदेखि चिकित्सा शिक्षा प्राप्त गर्ने सपना पछ्याइरहेका सिरहा–बरियारपट्टीका २१ वर्षीय सत्यनारायण साफी पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि छनोट भएका छन् । विपन्न पृष्ठभूमिबाट उठेका साफीका लागि गरिबी नै ठूलो चुनौती बने पनि अहोरात्र परिश्रम र लक्ष्यप्रतिको समर्पणले अब उनको अध्ययन यात्रा केही सहज भएको छ ।
बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका साफी बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्माण मजदुरी गर्दै गिट्टी, बालुवा, सिमेन्ट बोकेर आम्दानी गर्छन् । सोही कमाइबाट घर खर्च, कर्जा किस्ता तिर्ने र अध्ययन तयारी—यिनैमा उनको समय बित्थ्यो । रातिको समय भने उनी प्रवेश परीक्षाको तयारीमा बिताउँथे । यस्तै संघर्षका बीच दोस्रो प्रयासमै उनले यस वर्ष पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने अवसर सुरक्षित गरेका हुन् ।छात्रवृत्ति प्राप्त गर्नु अघि साफीले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र पाएको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट कर्जा लिई तयारी अघि बढाएका थिए । मजदुरीबाट आएको सीमित आम्दानीले कर्जा चुक्ता गर्दै पढाइलाई निरन्तरता दिँदै आएका साफी परिवार र समाजका लागि उदाहरण साबित हुँदैछन् ।
उनीप्रति संस्थाले देखाएको विश्वास र कदरस्वरूप सोही संस्थाको शाखा कार्यालय बरियारपट्टीले मंगलबार आयोजित वित्तीय साक्षरता तथा सम्मान कार्यक्रममार्फत साफीलाई ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सहयोगले साफीको एमबिबिएस अध्ययन यात्रा थप सहज हुने अपेक्षा गरिएको छ ।सम्मान ग्रहण गर्दै साफीले भने,
“अब पढाइमा अझ सहजता मिल्नेछ । भविष्यमा विपन्न र संघर्षरत परिवारका लागि उपचारमा सहयोग गर्ने चिकित्सक बन्ने लक्ष्य छ ।”
कार्यक्रममा प्रमुख अतिथि बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले व्यक्तिगत तर्फबाट ३१ हजार ५०० रुपैयाँ सहयोग गरिदै भने गाउँपालिकाबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। विशिष्ट अतिथिमा उपाध्यक्ष ममता देवी यादव भने पालिकाको कार्यपालिका वाट निर्णय गरेर सहयोग गर्ने प्रतिबद्धता गरिन ।
कार्यक्रममा अध्यक्षता गर्नुभएको नेशनल लघुवित्तका सीईओ रामबहादुर यादवले भने जिनजी आन्दोलन भ्रष्टाचारी विरोधको आन्दोलन थियो तर अहिले पनि दल र दलको नेता सचेत भएनन् भने नयाँ पुस्तकलाई बेरोजगारी र परनिर्भर झन बढ छ ।मधेसीको अर्को सरुवा रोग जस्तो छ दाईजो प्रथा यो दिनप्रतिदिन बढीरहेको छ ।सरोकारवाला ध्यानाकर्षण हुनु जरुरी छ।
कार्यक्रममा नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव , बरियारपट्टी गाउँपालिका–३ का वडाध्यक्ष विनोद यादव ,नवराजपुर–२ का वडा अध्यक्ष सुरेशकुमार यादव,समाजसेवी सरोज यादव लगायत सरोकारवालाहरू र स्थानीय,पत्रकार ,शिक्षकको उपस्थिति थियो।


