बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नबटोलिमा चोरीसँगै आगजनीको घटना भएको छ। स्थानीयका अनुसार घर वरिपरि चामल र टेलिभिजनको रिमोट देखेपछि घरमा चोरी भएको आशंका गरिएको थियो।
घटनाबारे जानकारी पाएपछि पीडित सुरेन्द्र (भुला) कामतका दाजु बिरेन्द्र कामत र उहाँको बुवालाई खबर गरिएको थियो। प्रहरीको अनुसार छतमा जान बनाएको भ्रयाङ वला कोठाका रहेको जस्तापाता गेट बाट भित्र पसेर घरको ढोका फोडी चोरी गरेको हो। चोरीपछि घरभित्र आगजनी समेत गरिएको उनले बताए।
पीडित सुरेन्द्र कामत उपचारका क्रममा दिल्ली गएको मौका छोपेर चोरी गरिएको बताइएको छ। घरको मुख्य गेटको ताला फोड्न नसकेपछि चोरले मोटरसाइकल बाहेकका अन्य सामान छत हुँदै लगेका प्रहरीले अनुमान छ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बरियारपट्टीका अनुसार चोरलाई सुरेन्द्र कामतको परिवार उपचारका लागि बाहिर गएको जानकारी रहेकाले सोही अवसरमा चोरी गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


