सिरहा। जिल्लामा पछिल्लो समय पत्रकारिता क्षेत्र नै विवादमा तानिएको छ। प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमप्रति जनविश्वास घट्दै जाँदा नाम मात्रका सम्पादकमनलाग्दी संवाददाता को गतिविधिले क्षेत्रको प्रतिष्ठामा आँच पुगेको सरोकारवालाहरूको भनाइ छ।

दर्ता बिना अनलाइन र प्रेस कार्डको दुरुपयोग

दर्ता प्रमाण नभएका अनलाइन तथा फेसबुक पेजमार्फत पत्रकार दाबी गर्ने प्रवृत्ति तीव्र भइरहेको छ। बिना तालिम, बिना मान्यता आफैंलाई पत्रकार परिचय दिने र प्रेस कार्डलाई व्यापारिक साधन बनाउने कार्य बढेको बताइन्छ।
सरकारी कार्यालय र व्यवसायीलाई दबाब–धम्कीमार्फत लाभ लिन खोज्ने प्रवृत्तिले नैतिकता उल्लङ्घन गरेको आरोप छ।

सम्पादकको नाम एक, सञ्चालन अर्काको

कतिपय सञ्चारमाध्यममा कागजमा सम्पादक कोही र वास्तविक सञ्चालन अर्कैले गरिरहेको पाइँदा पेशागत पारदर्शिता कमजोर बनेको देखिन्छ।

पत्रकार महासंघको चासो

नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवका अनुसार

“आचारसंहिता विपरीत एकपक्षीय समाचार, तथ्य जाँच नगर्ने र धम्कीपूर्ण गतिविधि बढ्दै गएपछि प्रशासनले कडा निगरानी गर्नुपर्ने छ।”

“स्वतन्त्रता दुरुपयोग असह्य”

वरिष्ठ पत्रकार डा. जय नरायण भन्छन्—

“पत्रकार स्वतन्त्रता दुरुपयोग गरेर असत्य प्रचार र व्यक्तिगत स्वार्थ बनाउने संस्कार अब सह्य छैन।”

कारबाही प्रक्रिया तीव्र

सम्बन्धित निकायहरूले दर्ता नभएका माध्यम तथा पेशागत मापदण्ड नपुर्याउनेहरूमाथि कारबाही तीव्र बनाउँदै लगेको छ। प्रशिक्षण, प्रमाणिकरण र अनुगमन प्रणाली अझ कडाइका साथ लागू गर्नुपर्ने आवाज उठेको छ।

विश्वसनीयता र जिम्मेवारी पत्रकारिताको मेरुदण्ड मानिन्छ। तर केही व्यक्तिको अनैतिक व्यवहारले पूरा क्षेत्र बदनाम हुनु दुःखद रहेको सरोकारवालाहरू बताउँछन्।

सम्वन्धित समाचार :