बरियारपट्टी। सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार दिउँसो करिब १२ बजेको समयमा इप्रका महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR३२AW–८३७७ नम्बरको स्कुटी चेकजाँच गर्ने क्रममै डिकी भित्र लुकाइ–छिपाइ राखिएको नगद सात लाख रुपैयाँ फेला पारेको  जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी अनन्त राम सर्माले जानकारी दिएको छ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का स्कुटी चलाइरहेका करिब वर्ष ४६ को दिनेश महतोलाई प्रहरीले पक्राउ गरेको छ ।  स्कुटीसहित दिनेश महतोलाई नियन्त्रणमा लिइएको प्रहरीको  जानकारी दिए।स्रोत नखुलेको पैसा बारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारीका  प्रनि बिशाल मल्लको कमाण्डमा प्रहरी चौकी  कचनारी जिल्ला प्रहरी कार्यालय सिरहा  बाट समेत प्रहरी  परिचालन गरिएको एसपी सर्मा जानकारी दिए ।। सूचनाको आधारमा बरियारपट्टी क्षेत्रमा निगरानी र चेकजाँचलाई कडा पारिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका महतोमाथि नगदको स्रोत र प्रयोजनबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइने इप्रका महेशपुर पतारले जनाएको छ।

 

सम्वन्धित समाचार :