सिरहा — स्थानीय तहको आगामी निर्वाचन नजिकिँदै जाँदा औरही गाउँपालिकामा नयाँ नेतृत्वको बहस बढ्न थालेको छ। गाउँका चिया पसल, पान पसलदेखि बजारका हरेक भेटघाटमा सबैभन्दा बढी चर्चा पाएको नाम हो— पत्रकार, औरही बजार समिति अध्यक्ष तथा जेन–जीका संयोजक सन्तोष यादव।
स्थानीयहरूका अनुसार पछिल्ला समयमा बजार व्यवस्थापन, सामाजिक गतिविधि र युवाहरूको अभियानमा सक्रिय भूमिकाका कारण सन्तोष यादव गाउँको भविष्यका अध्यक्ष पदका बलियो उम्मेदवारका रूपमा हेरिएको छ।
बजारका व्यवसायीहरू भन्छन्— “काम गर्ने, बोल्ने र समस्यामा अगाडि सर्ने मान्छे चाहिन्छ, त्यसको छाप सन्तोष जीमा देखिन्छ।”
युवाहरू पनि विकास, पारदर्शिता र उत्तरदायित्वका मुद्दामा उनको सक्रियता र नेतृत्व क्षमतालाई सकारात्मक रूपमा लिन्छन्।
यद्यपि आधिकारिक रूपमा उम्मेदवारी घोषणा नभए पनि गाउँमा चलिरहेको चिया–पान पसलको खुलेआम बहसले स्थानीय राजनीतिमा नयाँ ऊर्जाको संकेत गरेको छ।

सम्वन्धित समाचार :