काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

भोलि बिहानको १०ः३० बजे शपथग्रहणको तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सो पदमा कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी गर्दै आएका थिए।  लामो छलफलपछि यादवको नाममा सात दलले सहमति जनाएका थिए ।

सम्वन्धित समाचार :