बरियारपट्टी।सिरहा–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई कडा बनाउँदै आएका सशस्त्र प्रहरी बरियारपट्टीले औरही गाउँपालिका–१ दरहियाबाट स्टिलका कुर्सी, ट्र्याक्टर र ट्र्याक्टरको ट्रलीसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा ल्याएका छन्। बि.ओ.पि. बरियारपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालको कमाण्डमा खटिएको गस्ती टोलीले मङ्सिर १३ गते  सनिवार साँझ करिब ५ बजे भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान जब्त गरेको हो सशस्त्र प्रहरीको एसपी नरेश भण्डारी जानकारी दिए ।एसपी भण्डारी अनुसार बरामद सामानमध्ये अन्दाजी मुल्य र २ लाख बराबरका स्टिलका कुर्सी,१० लाख मूल्याङ्कन गरिएको ट्र्याक्टर,१ लाख बराबरको ट्र्याक्टर ट्रली,गरी कुल रु. १३ लाख बराबरको तस्करी सामग्री पक्राउ गरेको  छ।

उक्त घटनामा संलग्न ठानिएका लहान नगरपालिका–४ का देव नारायण सहनी र अमित कुमार पासवानलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

सिरहा–भारत सीमामा लगातारै देखा परिरहेका तस्करी गतिविधिमाथि नियन्त्रण गर्न सुरक्षा निकायहरूले संयुक्त रूपमा निगरानी र गस्ती सघन बनाइएको बताइएको छ।

सम्वन्धित समाचार :