काठमाडौँ । नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको हो ।

जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालत आगजनी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई चितवनबाट काठमाडौँ ल्याइँदै छ ।

सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्नु हुँदैन भन्दै ढुङ्गेलले आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उनी २०७९ को स्ववियु चुनावमा अखिल क्रान्तिकारीको तर्फबाट ल क्याम्पसको सभापति निर्वाचित भएका थिए ।

सम्वन्धित समाचार :