काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय शुक्रबारबाट सकिएको छ ।
सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो ।
यसबिचमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको आयोगले जनाएको छ । बायोमेट्रिक्स मार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्र मार्फत ४ लाख ९२ हजार १८० मतदाता थपिएका हुन् ।


